सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ? : प्रधामन्त्री ओली

559
shares

काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको प्रस्ट पारेका छन् ।

चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले विआरआई अन्तर्गतका परियोजना ऋणका रूपमा लिने गरी हस्ताक्षर नगरेको बताएका हुन् । ‘अस्ति मैले आमसभादेखि नै ऋण लिन जाने होइन भनेको थिएँ । ऋणबारे कुरा पनि चलेन । बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा छुट्टै छलफल गर्छौँ । हामीले प्राप्त गरेको कुरा ऋण होइन । कुरा पनि चलेको पनि छैन’, प्रधानमन्त्रीले भने, ‘सधैँ किन ऋण, ऋण, यो सारङ्गी किन बजेका छ ?’

आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लीगायतसँगको छुट्टाछुट्टै भेटवार्ता भएको भन्दै ती भेटवार्तामा दुई पक्षीय हितका बारेमा कुराकानी भएको बताए । त्यसक्रममा प्रधानमन्त्रीले पोखरा विमानस्थलका बारेमा कुनै कुरा नउठेको जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports