२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने

1K
shares

काठमाडौँ । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गर्ने भएका छन् । चार–पाँच घण्टाको सो ट्रान्जिट गर्ने अवसरमा राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्ने बताइएको छ ।

प्रहरी स्रोतका अनुसार बिहान ९.५० बजेतिर नेपाल आइपुग्ने राजा सिग्मे एयरपोर्टबाट सिधै स्वयम्भूको दर्शनका लागि जाने बताइएको छ । उनी स्वयम्भूबाट दर्शनका लागि बौद्ध जाने बताइएको छ ।दुवै ठाउँको दर्शनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर आफ्नो देश भुटान फर्किने कार्यक्रम रहेको स्रोतले जनाएका छ । भुटानी राजाको सुरक्षा तथा अन्य सेवा सुविधाको व्यवस्था नेपाल सरकारले गरेको बताइएको छ । भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा बनाइएको छ ।

उनी नेपालमा रहँदासम्म कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको प्रहरी स्रोतले दाबी गरेको छ ।नेपालका प्रधानमन्त्री केपी शर्मा अ‍ोली बिहीबार चीन भ्रमणबाट स्वदेश फर्किएका छन् ।चीन र भुटानबिच सीमा विवाद रहेको छ । सो विवाद भारतमा जोडिएको छ । सोही सीमा विवादको विषयमा कुराकानी गर्नका लागि भुटानी राजा जिग्मे भारत भ्रमणमा रहेको बताइएको छ ।भुटानी राजा जिग्मे आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका विदेश मन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

यसअघि नै भुटानका प्रधानमन्त्री तशेरिङ तोबगे भारतको भ्रमण गरेका थिए । उनीभन्दा पहिले भारतमा रहेका चिनियाँ राजदूत सु फेइहोङले पनि भुटानको भ्रमण गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि गत असोजमा भुटानको भ्रमण गरेका थिए । भ्रमणको क्रममा भुटानले ज्ञानेन्द्रलाई राजकीय सम्मान दिएको थियो । उनको भुटान भ्रमणको बारेमा विभिन्न टिप्पणी भएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports