२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो होला आजको मौसम ?

819
shares

काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भेगको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

२४ घण्टाको पूर्वानुमानमा कोशी प्रदेशको पहाडी भेगको एक/दुई स्थानमा हल्का वर्षाको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक/दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयन सेवामा क्षणिक एवं आंशिक असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसमविज्ञले सुझाव दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports