linktrix Long Ad
Salt Trading Long Ad

आफ्नै अस्थिर चरित्रले गर्दा दाहाल संकटमा

1.12K
shares

 

काठमाडौ । सहकारी ठगी सम्बन्धमा रास्वाका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा रहेका छन् । कास्कीको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोप उनीमाथि लागेको छ । अहिले कास्की जिल्ला अदालतमा सो विषयमा बहस पैरवी जारी रहेकै बेला काठमाडौको स्वर्णलक्ष्मी सहकारीको रकम समेत अपचलन गरेको भन्दै रविसहितका स्वर्णलक्ष्मीका तत्कालिन सञ्चालक समितिका पदाधिकारी विरुद्ध काठमाडौ जिल्ला अदालतमा समेत मुद्दा दायर भएको छ ।
सहकारी ठगी प्रकरणमा रविका विरुद्ध कास्की, काठमाडौ, चितवन, रुपन्देही र वीरगञ्जमा समेत उजुरी परेकाले ती सबै ठाउँमा उनी विरुद्ध अनुसन्धान भईरहेकोमा अनुसन्धान समाप्त गरेर काठमाडौमा र कास्कीमा मुद्दा नै दायर भै सकेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने रविमाथि वर्तमान केपी ओली सरकारले प्रतिशोध साँधेको आरोप लगाईरहेका छन् ।
स्मरण रहोस् दाहाल प्रधानमन्त्री रहेका बेला रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री रहेका थिए । त्यसबेला प्रधानमन्त्री दाहाल र रवि लामिछाने सरकारी संयन्त्रको व्यापक दुरुपयोग गर्दै रविका विरुद्ध कहिँकतै उजुरी नपरेको भन्दै तत्कालिन महान्यायाधिवक्ता दिलमणि पोखरेललाई महान्यायाधिवक्ता कार्यालयबाट पत्र नै लेख्न लगाएका थिए भने वर्तमान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई संसदको संघीय समितिमै बोलाएकोमा प्रहरी महानिरीक्षकले कहिँ कतै रविका विरुद्ध उजुरी नपरेको जानकारी संसदीय समितिलाई दिएका थिए ।
यी सबै कार्यहरु तत्कालिन प्रधानमन्त्री दाहाल र तत्कालिन गृहमन्त्री रवि लामिछानेले नै गर्न लगाएका थिए । दाहालको अस्थिर चरित्रले गर्दा पछिल्लो समयमा उनी आफैँ यही कारणले गर्दा संकटमा पर्दै गएका छन् ।
दाहाल सत्ताबाट बाहिरिएपछि अब सत्तामा पुग्नका लागि रवि लामिछाने सभापति रहेको रास्वपालाई प्रयोग गर्न चाहिरहेका छन् । उनले माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी लगायत अन्य केही साना दलहरुको सहयोगमा पुन सत्तामा पुग्ने र २०८४ को निर्वाचनमा यिनै दलहरुसँग गठबन्धन गरेर ठुलो पार्टी बन्ने रणनीतिक उदेश्यका साथ अहिले ओली नेतृत्वको सरकारका विरद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । आफूँ प्रधानमन्त्री रहेका बेला जनताको हितमा भन्दा आफ्नो सत्ता स्वार्थ र पार्टीगत स्वार्थका लागि अघि बढेका दाहाल अहिले पानी बेगरको माछा जस्तै भएका छन् । त्यो पनि आफ्नै कारणले ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports