सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लेखक तथा पत्रकार श्रीधर खनालको निधन

598
shares

लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा निधन भएको छ।

‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेखेका उनको २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम, नाङ्गिएकी सुन्दरी’ लगायतका कृति लोकप्रिय थिए।प्रकाशित शब्दभेदी लडाई, उनका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उनका कृति सूक्ष्म रूपमा अध्ययन गरेका डा. रमेशचन्द्र न्यौपानेले बताए।

तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उनले लेखेका थिए।चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उनले निर्भीक पत्रकारिता गरेका थिए। उनका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित छन्। पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिनेछ। उनका छ जना छोरी र एक छोरा छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports