२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री र मन्त्रीहरू शहिदगेट र लैनचोरमा माल्यार्पण गर्न जाने

923
shares

काठमाडौं । सरकारले भोलि (माघ १६) गते शहिद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सो कार्यक्रममा सहभागी हुनेछन् ।

‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो । शहीद दिवस नेपाल सरकारको तर्फबाट मनाउने काम हुनछ । पहिला शहिदगेट जान्छौं,’ गुरुङले भने, ‘प्रधानमन्त्रीसहित मन्त्रीज्यूहरू सबैले माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्छौं ।’ शहीदहरूलाई माल्यार्पण सकेपछि भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी गराए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports