linktrix Long Ad
Salt Trading Long Ad

भारतमा नेपाली विद्यार्थीको निधन बारे कूटनीतिक तवरले बुझिरहेको छौँ : प्रधानमन्त्री ओली

845
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतमा नेपाली विद्यार्थीको निधन बारे कूटनीतिक तवरले बुझिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली विद्यार्थीको मृत्युबारे सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका हुन् ।

एक जना नेपाली विद्यार्थी भारतको केआईआईटी विश्वविद्यालयको होस्टलमा मृत फेला परेकी थिइन् । भुवनेश्वरको पाटिया क्षेत्रमा रहेको उक्त होस्टलमा नेपाली विद्यार्थीको शव शंकास्पद अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मृतक विद्यार्थी विश्वविद्यालयको बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल रहेको खुलेको छ ।‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको  निधन भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ,’प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस विषयमा सरकारले कूटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ ।’

यस्तै राप्रपा लुम्बिनी प्रदेश कमिटीले उक्त घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports