linktrix Long Ad
Salt Trading Long Ad

भारतमा नेपाली विद्यार्थीको निधन वारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

1.35K
shares

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार गम्भीरतापूर्वक रुपमा लिनुपर्ने बताएका छन् ।बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रास्वपा सांसद मनिष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुबबहादुर प्रधान लगायतले यसबारे ध्यानाकर्षण गराए ।

त्यस्तै, शून्य समयमा बोल्दै राप्रपा सांसद बिना लामा, कांग्रेस सांसद शान्ति विक, रास्वपा सांसद शिशिर खनाल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर लगायतले विषय उठाएका छन् । उनीहरूले यस्ता घटनाबाट नेपाल र नेपालीको अपमानजनक व्यवहार भएको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports