कर्मचारीलाई ट्रेड युनियन अधिकार दिऔं दलगत युनियन खोल्न बन्द गरौं
वि.सं.२०८१ फागुन २५ आइतवार १०:२७
shares

काठमाडौ । अहिले निजामति सेवामा कार्यरत कर्मचारीहरुलाई अवकाशमा गएको केही दिनभित्रैमा सम्वैधानिक निकाय र राजनीतिक नियुक्ति दिने गरिएको छ । त्यसैगरुी अहिलेसम्म उनीहरुले नियुक्ति दिएर संम्वैधानिक निकाय र राजदूत समेत बन्दै आएका छन् । अहिले राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ ।
निजामति सेवामा टे«ड युनियनको व्यवस्था बारेपनि समितिमा छलफल चलिरहेको छ । ट्रेड युनियनको बीचमा विवाद नभएपनि दलीय संघ संगठन राख्न दिने नदिने र कुन तहका कर्मचारीलाई समेट्ने भन्नेमा सांसदहरुले फरक फरक मत राख्ने गरेका छन् । अहलिे ट्रेड युनियनमा अधिकृत सम्मका कर्मचारीले ट्रेड युनियन सदस्य बन्न पाउने व्यवस्था रहेकाले अब त्यसलाई संशोधन गरी नासु सम्मका कर्मचारीलाई मात्र ट्रेड युनियनका सदस्य बन्न पाउने व्यवस्था गरिनु उपर्युक्त हुनेछ । यदि होइन भने अधिकृतसम्मकै कर्मचारीलई राख्ने हो भने त्यस्तो समयको गणना बढुवामा गर्न नहुने व्यवस्था गरिनु उपर्युक्त हुनेछ ।
राजनीति नेतृत्वले आफ्नो निर्णय गर्न नसकेपछि कर्मचारी संघ संगठनका मान्छेले निजामति सेवालाई नै विगारेका छन् । निजामति कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार मात्र दिएर पार्टीगत संघ संगठन युनियन खोल्नु नपाइने व्यवस्था गरिएको खण्डमा जनताले सहज रुपमा सेवा सुविधा पाउन सक्छन् । पार्टीगत संघ संस्थाका हजारौं कर्मचारीहरुले कामै नगरी सेवा सुविधा लिइरहेकाले गर्दा अब त्यस्तो कार्यको अन्त्य हुनैपर्दछ । निजामति सेवाका कर्मचारीहरुको कामले गर्दा नै सरकार सफल र असफल हुने भएकाले कामै नगरी पार्टीगत युनियन खोलेर युनियनको काम गर्ने कर्मचारीहरुलाई जनताले तिरेको करबाट किन तलब भक्ता दिने त्यसको प्रष्ट जवाफ राज्य व्यवस्था तथा सुशासन समितिले जनतालाई किन दिनु नपर्ने ? त्यही कारणले गर्दा टे«ड युनियनको अधिकारमात्र दिऔँ, पार्टीगत संघ संगठन खोल्ने अधिकार नदिऔँ ।



































