सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भूमि सम्बन्धी अध्यादेश थाँती राखेर विधेयकका रुपमा दर्ता गराऊ

598
shares

 

काठमाडौ । गत माघमा सरकारले ल्याएका ६ वटा अध्यादेश मध्येको भूमिसम्बन्धी अध्यादेश विवादको घेरामा रहेको छ । वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको जसपा नेपाल राष्ट्रिय सभामा निर्णयक रहेकाले उसले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रियसभामा सरकारका पक्षमा सामान्य बहुमत नरहेकाले गर्दा राष्ट्रियसभामा अध्योदशका स्वीकृत गर्नका लागि जसपा नेपाल निर्णयक रहेको छ । जसपाले भने अनुसार भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयकका रुपमै संसदमा दर्ता गराउन उपर्युक्त मार्ग हुन सक्छ ।
सम्वैधानिक व्यवस्थ अनुसार दुवै सभा प्रतिनिधिसभा र राष्ट्रियसभबाट अध्यादेश स्वीकृत हुनुपर्ने हुन्छ । राष्ट्रियसभामा नेपाली कांग्रेसको १६ नेकपा एमालेका १० गरी जम्मा २६ सांसदमात्र रहेका छन् । राष्ट्रियसभामा जम्मा सांसदको संख्या ५९ रहेकाले गर्दा अध्यादेश स्वीकृत हुनका लागि ३० सांसदको स्वीकृती आवश्यक हुन्छ । राष्ट्रियसभामा ३ जना राष्ट्रपतिबाट मनोनित भएका सांसदहरु मध्येका नारायण प्रसाद दाहाल अध्यक्ष रहेका छन् भने अन्य दुईमा वामदेव गौतम र अन्जान शाक्य रहेका छन् ।
शाक्य नेकपा एमालेकी रहेकीले उनले मत दिँदा पनि अन्य तीन सांसदको आवश्यकता हुन्छ । वामदेव गौतमले समेत भूमि सम्बन्धी विधेयकको विपक्षमा मतदान गर्ने र बाँकी अध्योदशको पक्षमा मतदान गर्ने उद्घोष गरिसकेका हुनाले अब सरकारले ३ सांसद रहेको जसपा नेपाललाई आफ्नो पक्षमा पार्नुको विकल्प देखिएको थिएन् ।
जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएमा अन्य ५ वटा अध्यादेशका पक्षमा मतदान गर्ने अभिव्यक्ति दिँदै आएको छ । राष्ट्रिय सभामा जसपा नेपालका ३ सांसद रहेकाले र सरकारसँग अर्को विकल्प समेत नभएकाले गर्दा सरकारले भूमिसम्बन्धी अध्यादेश थाँती राखेर अन्य अध्यादेश स्वीकृत गराउन नै उपर्युक्त हुन सक्छ । यसभन्दा अगाडिका सरकारले अध्यादेश फिर्ता लिएको इतिहाँस साक्षी रहेकाले सरकारले भूमिसम्बन्धी अध्यादेश थाँती राखेर विधेयकका रुपमा सांसदमा लैजानु मात्र उपयुक्त हुन सक्छ ।
जसपा नेपाललाई सरकारले आफ्नो पक्षमा पार्न जसपा नेपालको माग बमोजिम फिर्ता लिने बचन दिएर अन्य अध्यादेशमा सरकारको पक्षमा मतदान गर्ने बचतवद्धता गराउनु आवश्यक रहेको छ । अध्यादेश ६० दिनभित्रमा दुवै सदनबाट स्वीकृत नभएका निस्क्रिय हुने भएकाले सोही अनुसार सकारर अघि बढ्न आवश्यक छ । यसैबिच यहि फागुन २१ गते बसेको प्रतिनिधिसभाको बैठकले भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य ५ वटा अध्यादेश बहुमतले स्वीकृत गरेको र राष्ट्रियसभाले समेत जसपाको समर्थनमा भूमिसबन्धी बाहेक अन्य ५ वटै अध्यादेश स्वीकृत गरेपछि सरकारकालाई राहत मिलेको छ भने प्रमुख प्रतिपक्षी माओवादी सहित दलहरुलाई भने ठूलो झड्का लागेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports