२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२५ करोड सहित पक्राउ परेका लामालाई सार्वजनिक गर्यो प्रहरीले

1.18K
shares

काठमाडौं । अवैध विदेशी मुद्रासहित पक्राउ परेका सिन्धुपाल्चोकका कुसाङ लामालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको थियो । अमेरिकी डलर र युरोसहित ना.७ ख १६५२ नम्बरको सोनी ट्रान्सपोर्ट लेखिएको मालवाहक ट्रकको चालक ‘फुच्चे’ भनिने लामालाई पक्राउ गरिएको थियो ।

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका वडा नम्बर ०१ बस्ने ४३ बर्षका उनलाई हिजोराति ११ बजे काठमाडौंको टोखानगरपालिका–२ झोरबाट अवैध युरो तथा डलर रसुवागढी नाका हुँदै छिमेकी राष्ट्र चीन लगिँदैछ भन्ने सूचनाका आधारमा पक्राउ गरिएको थियो । मालबाहक ट्रकमा शंका लागेर अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याई खानतलासी गर्दा उक्त ट्रकको ‘वोनोट’ अर्थात ड्राइभर बस्ने कोठा (क्याबिनको बायाँतर्फको) माथिल्लो भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको विदेशी मुद्राहरु फेला परेको हो ।

कुसाङ लामा चालक भई भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक बयानबाट बुझिन आएको प्रहरीले जनाएको छ । उनीबाट करिब २५ करोड रुपैंयाँ बरामद गरिएको जनाइएको छ । विदेशी मुद्रा लिएर केरुङ नाका हुँदै उनी चीनतर्फ सुन किन्न हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।बरामत भएको रकम अमरिकी डलर १०० दरका नोटहरु जम्माथान ३,११९ (तिनहजार एक सय उन्नाईस) र ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी) रहेको छ भने युरो ५०० दरका थान ११, २०० दरका थान ४८०,१०० दरका थान ४१४८ र ५० दरका थान १७१७७ रहेको छ । यसको साथै, नारायणी प्रदेश–७ ख १६५२ को मालबाहक ट्रक गाडी एउटा र मोवाइल दुईवटा पनि जफत् गरिएको छ ।

कुसाङ लामा अनुसन्धानको क्रममा पहिले पनि २०७३ साल पुस १३ गते राजस्व छली सुन चोरी पैठारी मुद्दामा सात केजी सुन सहित पक्राउ परेर राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरबाट मुद्दा चलाइएको खुल्न आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports