सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकियो

1.33K
shares

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको छ । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको हो ।

‘छपाइको काम सकियो । शैक्षिक सत्र सुरु हुनुअघि नै देशभरिका विद्यालयहरूमा किताब पुग्छ,’ केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले भने ।उनका अनुसार ८ वटा क्षेत्रीय कार्यालय र केन्द्रबाट १४ जिल्लामा बिक्री वितरण हुनेछ ।

कक्षा १, २ र ४ को पाठ्यपुस्तक निजी क्षेत्रबाट छपाइ भएको केन्द्रले जनाएको छ । कक्षा ३, ५ र ६ देखि १२ सम्मका पाठ्यपुस्तक भने जनक शिक्षाबाट छपाइ भएको केन्द्रकी सूचना अधिकारी पार्वती न्यौपानेले बताइन् ।उनका अनुसार यो वर्ष १ करोड ७९ लाख १२ हजार थान किताब छपाइ गर्ने लक्ष्य केन्द्रले लिएको थियो । जसमा १ करोड ६३ लाख ६६ हजार पुस्तक छपाइ भइसकेको छ । करिब २० हजार जति कक्षा ३ र ५ को किताब अघिल्लो वर्षको स्टक छ ।

‘शतप्रतिशत किताब छपाइ भइसकेको छ । १७ चैतदेखि सबै ठाउँमा किताब पुग्छ,’ उनले भनिन्, ‘यसपटक किताब गोदाममा थन्केला भन्ने चिन्ता छ ।’पुस्तक वितरणका लागि केन्द्रले तालिका नै बनाएको छ । १ वैशाखभित्र सबै जिल्लामा पुस्तक पुर्‍याउने गरी केन्द्रले तालिका बनाएको छ ।

पुस्तक वितरण तालिका :

कोशी प्रदेश

१३ चैत देखि २ वैशाख सम्म

मधेश प्रदेश

१७ चैत देखि चैत मसान्त सम्म

बागमती प्रदेश

चैत १७ देखि १ वैशाख सम्म

गण्डकी प्रदेश

१३ चैत देखि चैत मसान्त सम्म

लुम्बिनी प्रदेश

१३ चैत देखि २८ चैत सम्म

कर्णाली प्रदेश

१२ चैत देखि २४ चैत सम्म

सुदूरपश्चिम प्रदेश

१७ चैत देखि चैत मसान्त सम्म

तीन अतिरिक्त विषयको नयाँ पाठ्यपुस्तकपाठयक्रम विकास केन्द्रले यो वर्ष तीन वटा अतिरिक्त विषयको नयाँ पाठ्यपुस्तक छपाइ भएको जनाएको छ ।अतिरिक्त गणित, अर्थशासास्त्र र कम्प्युटर साइन्सको किताब छपाइ भएको केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए । अतिरिक्त तीन वटा विषय कक्षा ९ को हो ।यसपटक अन्य पाठ्यपुस्तकमा भने त्रुटिहरू पनि सच्याइएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports