२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने

143
shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् प्रणाली सुदृढीकरण तथा नियमित मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क वितरण केन्द्र तथा काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शनिबार र आइतबार विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् सेवा रोक्न लागिएको हो।

प्राधिकरणका अनुसार ११ के.भी. एक्सएलपिई केबल जडान, प्रिवेनटिभ मेन्टिनेन्स र चार्जिङ कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्नुपरेको हो। शनिबार गैह्रीधारा फिडरअन्तर्गत पर्ने लैनचौर चोक, उत्तरढोका, कैलासचौर, खरेल टोल, नीलसरस्वती स्थान, उत्तरढोका टुकुचा एरिया, खोलागल मार्ग, गैह्रीधारा चोक, सनराइज बैंक एरिया, बालुवाटार, चाइनिज एम्बेसी तथा आसपासका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जानेछ।

शनिबार नै हाँडीगाउँ फिडरअन्तर्गत ओम अस्पतालको अपोजिटदेखि धोबीखोला करिडोर हुँदै भत्केको पुल, हाँडीगाउँ, हाँडीगाउँ कृष्ण मन्दिर, नक्साल भाटभटेनी, टङ्गाल एरिया, गहनापोखरी, छातागणेश, प्रहरी हेडक्वार्टर, ज्ञानेश्वर, चारखाल इच्छुवान रेस्टुरेन्ट तथा आसपासका क्षेत्रमा मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

आइतबार कालिकास्थान फिडरअन्तर्गत कालिकास्थान वरको बोट हुँदै डिल्लीबजार चारखाल, डिल्लीबजार पिपलबोट, घट्टेकुलो दुर्गा मन्दिर, मैतीदेवी, मैतीदेवी सेतोपुल, मैतीदेवी मन्दिर, ज्ञानेश्वर ओरालो, रातोपुल तथा रातोपुल हुँदै सेतोपुलसम्मका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् बन्द रहनेछ।

प्राधिकरणले तोकिएको कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा बिजुली सेवा सोहीअनुसार सुचारु गरिने जनाएको छ। विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गर्दै थप जानकारीका लागि हटलाइन नम्बर ११५० वा वेबसाइटमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports