२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो १२ घण्टामा मध्यदेखी भारी बर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

143
shares

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

शनिबार कोशी, मधेस र बागमती प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।पछिल्लो १२ घन्टामा कोशीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा मापन भएको छ।

सर्लाहीको नवलपुरमा पछिल्लो १२ घन्टामा ६३ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मनुस्मारामा ५६ मिलिमिटर वर्षा मापन भएको छ।नुवाकोटको ककनीमा ४९ मिलिमिटर, सिन्धुपाल्चोकको बाउनेपाटीमा ४१.६ मिलिमिटर, संखुवासभाको चैनपुरमा ३९ मिलिमिटर, काभ्रेको रोशीमा ५०.८ मिलिमिटर, ललितपुरको गोदावरीमा ४६.८ मिलिमिटर, काठमाडौंको पानीपोखरीमा ३० मिलिमिटर वर्षा पछिल्लो १२ घन्टामा भएको छ।

शनिबार दिउँसो कोशी प्रदेशका सबै भू-भाग तथा देशको हिमाली र पहाडी  भू-भागमा साधारणतया बादल  लाग्ने तथा तराई भू-भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो नै कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना रहेको छ।शनिबार राति देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports