बागमतीका ४६ जना उपसचिवको सरुवा
वि.सं.२०८३ असोज २४ शनिवार १२:१२
shares

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका ४६ जना वरिष्ठ उपसचिव तथा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको असोज २३ को निर्णयअनुसार प्रशासन/सामान्य प्रशासन समूहका वरिष्ठ उपसचिव र उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको हो ।
सरकारले मन्त्रालय र कार्यालयहरूको पुनःसंरचनापछि ती कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको हो । उनीहरूलाई विभिन्न मन्त्रालय, निर्देशनालय, आयोग तथा कार्यालयहरूमा सरुवा तथा पदस्थापन गरिएको छ । निर्णयअनुसार नेत्रप्रसाद भट्टराईलाई युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश किताबखाना हेटौँडामा, हरिहर पोखरेललाई सञ्चार रजिस्ट्रारको कार्यालयबाट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा र महेशराज पौडेललाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, चितवनमा सरुवा गरिएको छ ।
रमेश महर्जनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयबाट स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा, विनोद पौडेललाई उद्योग तथा वाणिज्य कार्यालय चितवनबाट यातायात व्यवस्था कार्यालय, चाबहिल काठमाडौँमा, गोविन्दप्रसाद सुवेदीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा र रामप्रसाद भुसाललाई उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय धादिङमा सरुवा गरिएको छ ।
पवित्र कुँवरलाई यातायात व्यवस्था कार्यालय, साना/ठुला सवारी, एकान्तकुनाबाट प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय, हेटौँडामा, केशवकुमार जि.एम.लाई यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुनाबाट यातायात व्यवस्था कार्यालय, साना/ठुला सवारी, एकान्तकुनामा, उमेशकुमार दाहाललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनामा, गौतम भण्डारीलाई प्रदेश किताबखानाबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, नुवाकोटमा र सुनिता गजुरेललाई श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
कुमार तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, काभ्रेमा, भक्तबहादुर भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, भक्तपुरमा, अमृत अधिकारीलाई यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनबाट उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय, मकवानपुरमा, यादवनाथ आचार्यलाई उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाबाट प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय ललितपुरमा र पुष्करिन्द्र घिमिरेलाई सामाजिक विकास मन्त्रालय, हेटौँडाबाट यातायात व्यवस्था कार्यालय, बनेपा, काभ्रेमा सरुवा गरिएको छ ।
प्रवीण श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयबाट यातायात व्यवस्था कार्यालय, भक्तपुरमा, प्रकाश अधिकारीलाई यातायात व्यवस्था कार्यालय, राधेराधे भक्तपुरबाट प्रदेश स्वास्थ्य निर्देशनालयमा, विनोद प्रधानलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, दोलखामा, सन्तोष मोक्तानलाई स्वास्थ्य मन्त्रालयबाट प्रदेशसभा सचिवालय, बागमती प्रदेशमा, प्रदीपराज पौडेललाई प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय, काठमाडौँबाट यातायात व्यवस्था कार्यालय, बालाजु काठमाडौँमा र कुमार पोखरेललाई प्रदेशसभा सचिवालय, बागमती प्रदेशबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
टेकेन्द्र अधिकारीलाई प्रदेश लोकसेवा आयोगमा, असिम घिसिङ लामालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, विष्णु अधिकारीलाई प्रदेश सहकारी तालिम केन्द्र, चितवनमा, गणेशलाल महर्जनलाई प्रदेश लोकसेवा आयोगमा, गोविन्द पुरीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सञ्जीव न्यौपानेलाई प्रदेश लोकसेवा आयोगमा, तीर्थराज उपाध्यायलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा, पदम ओझालाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा, आशिष आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा, राजन पोखरेललाई यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, गुर्जुधारामा, पवनकुमार पोखरेललाई प्रदेश पर्यटन कार्यालय, काठमाडौँमा, होमनाथ रिजाललाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा, अच्युतप्रसाद उपाध्यायलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमा, विमलप्रसाद भट्टराईलाई यातायात व्यवस्था कार्यालय, हेटौँडामा र श्रीकृष्ण आचार्यलाई उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँमा पदस्थापन गरिएको छ ।
विष्णुकुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुलीमा सरुवा गरिएको छ भने सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय, कलङ्कीमा, रीता यादवलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा, अनिता तामाङलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा, प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा, नुमानन्द अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा, पेसलकुमार पोखरेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र ताराकिरण राईलाई उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरमा पदस्थापन गरिएको छ ।




































