२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै गएकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

182
shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिणपूर्वतर्फ सर्दै गएकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जनाएको छ।

विभागकी मौसमविद् बिनु महर्जनले शनिबारको मौसम बुलेटिन सार्वजनिक गर्दै आगामी दिनमा वर्षाको क्रम घट्दै जाने जानकारी दिएकी हुन्।हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। पूर्वी भूभागमा रहेको प्रणालीका कारण कोशी, मधेस र बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।यो प्रणाली क्रमशः कमजोर हुँदै गइरहेकाले वर्षाको क्रम बिस्तारै कम हुँदै जाने विभागको भनाइ छ। शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका १० देखि ३० प्रतिशत क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कर्णाली, सुदूरपश्चिम र तराईका एक-दुई स्थानमा मात्र पानी पर्ने अनुमान छ। यसैगरी शनिबार राति कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहे पनि बिहान र रातिको समयमा हुस्सु लाग्ने सम्भावना छ।पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ। विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सिराहामा १०३.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै कास्कीको घलेखर्कमा ७३.८ र गुल्मीको बडीगाडमा ६५.२ मिलिमिटर पानी परेको छ। सङ्खुवासभा, सर्लाही, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र प्युठानमा पनि भारी वर्षा रेकर्ड भएको छ।

आइतबार र सोमबारको मौसम शनिबारको तुलनामा थप सुधार हुने विभागको प्रक्षेपण छ। आइतबार कोशी र बागमतीका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। आइतबार राति हिमाली क्षेत्रका एक-दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। सोमबार दिउँसो पहाडी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् महर्जनले स्पष्ट पारिन्।

मौसम पूर्वानुमान महाशाखाले शनिबारका लागि कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको जोखिम औँल्याउँदै पहेँलो रङको चेतावनी जारी गरेको छ। देशका अन्य भूभागमा भने कुनै चेतावनी जारी गरिएको छैन। मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। मौसमविद् महर्जनले भनिन्, ‘पूर्वी मौसमी प्रणाली कमजोर हुँदै गए पनि मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले विभागको आधिकारिक वेबसाइटमार्फत पछिल्लो मौसमी जानकारी अद्यावधिक गरिरहन सबैमा अनुरोध गर्दछु।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports