सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटे

663
shares

काठमाडौँ । मेडिकल व्यवसायी तथा व्यवस्था विरोधी समूहलाई साथ दिँदै आएका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् ।

उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेटेका हुन् ।भेटका क्रममा के कुरा भयो भन्नेबारे खुलेको छैन । यद्यपि राजावादीको आन्दोलनकै विषयमा कुराकानी भएको ठानिएको छ ।सो भेटपछि प्रसाई नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले राजधानीमै आयोजना पत्रकार सम्मेलनमा पुगेका थिए ।

पत्रकार सम्मेलनमा उनलाई समितिको ‘जनकमाण्डर’को जिम्मा दिइएको जानकारी गराइयो ।यस्तै समितिलाई सुझाव तथा सल्लाह प्रदान गर्नका लागि नेपाल डा जगमान गुरुङको संयोजकत्ववमा सल्लाहकार समिति गठन भएको जानकारी दिइयो भने राप्रपाका सांसद डा धवल शमशेर राणा संयोजक रहको ‘आन्दोलन परिचालन समिति’मा देशभरीबाट १,१११ सदस्य चयन गरेको जानकारी दिइयो । उक्त समिति अझै विस्तार गर्न सकिने सुवेदीले बताए ।आन्दोलन परिचालन समिति अन्तर्गत एउटा उच्चस्तरीय कार्यदल पनि रहने सुवेदीले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports