२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झन्डै ३९ प्रतिशतले बढ्यो बैङ्कहरूको नाफा, कुन बैकले कति कमाए ?

312
shares

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएका छन् । २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस्तो अवस्था देखिएको हो ।

सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरूको नाफामा सुधार देखिएको छ भने केही बैंकको नाफामा सामान्य गिरावट आएको छ।यस अवधिमा १० वटा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्।चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा कमाउने सूचीमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ। नबिलले २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो।

दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा ग्लोबलले १ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएको थियो। यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उल्लेख्य सुधार गर्दै १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्ष ५८ करोड रुपैयाँ मात्र थियो।

यी हुन् १ अर्बभन्दा बढी नाफा कमाउने १० बैंक

१ अर्बभन्दा माथि नाफा कमाउने अन्य बैंकहरूमध्ये एभरेष्ट बैंक १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड रहेका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गत वर्षको ४५ करोडको तुलनामा नाफामा ठूलो सुधार गरेको छ ।

त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन्। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफा कमाउँदै नाफामा फर्किएको छ। यस्तै, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा दोब्बरभन्दा बढीको वृद्धि गरेका छन् ।

बैंकको नाम यो वर्ष गत आ.व.

सिटिजन्स बैंक १० करोड २७ लाख – २२ करोड ४ लाख

ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख १ अर्ब ८५ करोड ८६ लाख

हिमालयन बैंक ६८ करोड ४८ लाख ७० करोड २९ लाख

लक्ष्मी सनराइज बैंक ६५ करोड ३३ लाख ३३ करोड २३ लाख

नबिल बैंक २ अर्ब ५५ करोड ५१ लाख १ अर्ब ७५ करोड ६९ लाख

एनआइसी एशिया बैंक १२ करोड ७४ लाख १२ करोड २१ लाख

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक १ अर्ब १८ करोड १४ लाख ४५ करोड ५ लाख

प्राइम कमर्सियल बैंक १ अर्ब १८ करोड ७६ लाख १ अर्ब २५ करोड ८४ लाख

प्रभु बैंक ६४ करोड ७४ लाख ३६ करोड ५७ लाख

नेपाल एसबिआई बैंक ५५ करोड ८५ लाख ४९ करोड ७६ लाख

स्ट्यान्डर्ड चार्टर्ड बैंक ६७ करोड १४ लाख ६९ करोड ३९ लाख

एभरेष्ट बैंक १ अर्ब २५ करोड २७ लाख १ अर्ब १७ करोड ९२ लाख

माछापुच्छ्रे बैंक ५५ करोड ११ लाख ४१ करोड ७९ लाख

नेपाल बैंक ८३ करोड २१ लाख ५८ करोड ८२ लाख

एनएमबि बैंक १ अर्ब १६ करोड ४२ लाख १ अर्ब ३० करोड ८५ लाख

राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९८ लाख ५८ करोड ८७ लाख

सानिमा बैंक १ अर्ब ५ करोड १४ लाख ४५ करोड ४९ लाख

कृषि विकास बैंक १ अर्ब ९ करोड २३ लाख ५७ करोड ३८ लाख

कुमारी बैंक १ अर्ब ७ करोड ४५ लाख १ अर्ब ५ करोड ६५ लाख

सिद्धार्थ बैंक ८५ करोड १५ लाख ३२ करोड ४० लाख

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports