सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई दिन देखी अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

624
shares

काठमाडौं। प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् । साथै, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसकेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित भएको गरिएको थियो । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधवार अवरोध हुँदै आएको बैठक अझै सुचारू हुन नसकिरहेको अवस्थामा आजका लागि बोलाइएको हो ।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिनदेखि सञ्चालन हुन सकेको छैन् ।प्रतिपक्षी दलले घिसिङलाई हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरिरहेका छन् तर प्रधानमन्त्रीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफूले घिसिङ हटाउने विषयमा संसदमा जवाफ नदिने बुधबार बताएपछि सत्ता पक्ष र प्रतिपक्ष बीच टक्कर जारी रहेको छ । तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्रीले संसदमा गएर जवाफ दिनुपर्ने कायमै रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports