२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा केसीलाई दिइयो

1.44K
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।पर्वत मोदी गाउँपालिका-५, का केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन् । यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो ।

७२ सालमा जापानका लागि राजदूत सिफारिस भएका उनी तत्काल सरकार परिवर्तनका कारण नियुक्त भने हुन पाएनन् । उनलाई मेरिट बेसको आधारमै जिम्मेवारी दिइएको हो ।जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पीएचडी र पोस्ट डॉक्टरेट गरेका केसी विभिन्न विदेशी विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर र फरिन पोलिसी फेलो हुन् ।

उनी चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य पनि हुन् ।थुप्रै अन्तर्राष्ट्रिय जर्नलको सम्पादकमण्डलको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports