linktrix Long Ad
Salt Trading Long Ad

६ जना एआइजीहरूको पदस्थापन, सिआईबीमा खापुङ

949
shares

नेपाल सरकारले ६ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को पदस्थापन गरेको छ।

सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार ६ जनाको पदस्थापन भएको हो।प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूची प्रकाशन गरी यसबारे जानकारी दिएको छ।

सूचना अनुसार चन्द्रकुवेर खापुङको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पदस्थापन भएको छ।लालमणि आचार्यको प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन भएको हो।

कृष्णहरि शर्मा पोखरेलको प्रशासन कार्यालय विभाग, दानबहादुर कार्कीको मानवस्रोत विकास विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र मनोजकुमार केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports