सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुलिसलाई हराउँदै सशस्त्रले जित्यो प्रधानमन्त्री कपको उपाधि

468
shares

काठमाडौं । नेपाल पुलिस क्लवलाई पराजित गर्दै सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टी–२० प्रतियोगिताको उपाधि जितेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनको जित दर्ता गरेको हो ।

पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनाउन सफल भयो।

पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । दिपेन्द्रले दिलिपनाथसँग ५६ रनको साझेदारी गर्दै अर्धशतक बनाए । उनले ५६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान गरे । दिलिपनाथ २२ बलमा २३ रन जोडेर पभेलियन फर्किए भने अनिल शाह १० रन र आरिफ शेख १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एपीएफको बलिङमा किशोर महतोले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अविनाश बोहरा, अमर रौटेला र दिपक बोहोराले समान १ विकेट लिए । यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गरेको थियो ।

एपीएपका लागि अमरसिंह राउटेलाले १५ बलमा २ चौका र तीन छक्कासहित सर्वाधिक २९ रनको योगदान गरे । यसअघि सेमीफाइनलमा राम्रो प्रदर्शन गरेका ओपनर प्रदिप ऐरी ७ र आसिफ शेख ९ रन बनाएर आउट हुँदा तेस्रो नम्बरमा क्रिजमा आएका ब्याटर लोकेश बमले इनिङ केहीबेर सम्हालेका थिए । उनले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रनको योगदान गरे । सन्दीप जोरा २० बलमा २४ रन, भुवन कार्की २२ बलमा २७ रनबाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए । दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । पुस १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार पाउनेछन् । र, सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports