विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माइक वाल्ट्जले सम्हालिरहेको जिम्मेवारी खोस्दै रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी

806
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। ट्रम्पले माइक वाल्ट्जले सम्हालिरहेको जिम्मेवारी खोस्दै रुबियोलाई उक्त जिम्मेवारी दिएका हुन् ।

वाल्ट्जले नयाँ सरकारको प्रारम्भिक १०० दिनमै राष्ट्रपति ट्रम्पको विश्वास गुमाएका छन्। वाल्ट्ज अमेरिकी सेनाको विशेष इकाइ ‘ग्रिन बेरे कमान्डो’मा कार्यरत थिए र उनले तालिबानसँग अफगानिस्तानमा युद्ध लडेका थिए।वाल्ट्जलाई ट्रम्पले संयुक्त राष्ट्रसंघका लागि राजदूतको नयाँ जिम्मेवारी दिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा एक सन्देश पोस्ट गर्दै वाल्ट्जलाई राष्ट्रको हितका लागि कडा मेहनत गरेकोमा धन्यवाद दिएका छन् ।ट्रम्प निर्णयको प्रतिक्रियामा वाल्ट्जले सामाजिक सञ्जाल एक्समा राष्ट्रपति ट्रम्पसँग सेवा गर्न पाउनु र महान राष्ट्रको सेवा जारी राख्न पाउनु आफ्नो लागि ठूलो सम्मान भनेका छन् ।यसअघि वाल्ट्जले राजीनामा दिनसक्ने अड्कलबाजी गरिएको थियो। वाल्ट्जले सैन्य योजनाहरूमा छलफल गर्न प्रयोग भइरहेको सिग्नल च्याटमा एक पत्रकारलाई सहभागी गराएको खुलासा भएसँगै ट्रम्पले यो निर्णय लिएका हुन् ।

वाल्ट्ज छिट्टै आफ्नो पदबाट राजीनामा दिनसक्ने बताइएको छ। अमेरिकी सञ्चारमाध्यममा प्रकाशित रिपोर्टहरूका अनुसार वाल्ट्जसँगै उनका उप-सल्लाहकार एलेक्स वोंगले पनि आफ्नो पद त्याग गर्नसक्ने अनुमान गरिएको छ। यद्यपि, यसको औपचारिक पुष्टि अझ भएको छैन।उनले बाइडेन सरकारद्वारा अफगानिस्तानबाट गराइएको सैनिक फिर्तीको कडा विरोध गरेका थिए। उनी मध्य पूर्व र अफ्रिकामा पनि सेवामा रहिसकेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports