विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही विदेशी मुद्राको विनिमय दरमा घटबढ

598
shares

काठमाडौं । आज केही विदेशी मुद्राको विनिमय दरमा घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ केही घटेको छ भने युरो र अस्ट्रेलियन डलरको भाउ बढेको छ ।आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा थियो ।आज युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा बिक्रीदर १५२ रुपैयाँ २ पैसा छ । मंगलबार १५१ रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा थियो ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ ।यस्तै, आज पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा रहेको छ ।जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा रहेको छ भने यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा रहेको छ ।मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ ।दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports