२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली सरकारले जनता केन्द्रित भई काम गरी रहेको छ : महामन्त्री गगन थापा

1.59K
shares

स्याङ्जा। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको बताउनु भएको छ ।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई शनिबार पुतलीबजारमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताउनु भयो ।

आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। ‘वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ’, उहाँले भन्नुभयो, ‘ओली सरकार जनता केन्द्रित भई काम गरिरहेको छ।’ ‘पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन’, थापाले भन्नुभयो, ‘२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मंसिरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports