तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर, ३ बर्ष कैद र पौने दुई अर्व जरिवाना सदर

650
shares

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई थुनाबाहिरै बसेर पुर्पक्षका लागि मुद्दा लड्न सर्वोच्च अदालतले आदेश दिन अस्वीकार गरेको छ ।

तामाङले विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाऊँ भनी सर्वोच्चमा ७३ नम्बर निवेदन दिएका थिए ।उक्त निवेदनमाथि शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले विशेषबाट फैसला भइसकेकाले उक्त निवेदनमा केही गर्न नपर्ने भन्दै कानुनबमोजिम गर्न आदेश गरेको हो ।

तामाङलाई दोषी ठहर गर्दै विशेषले २०८० फागुन २१ गते १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड बिगोसहित उनको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports