सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पशुपति क्षेत्र विकास कोषको भ्रष्टाचार मुद्दामा ९ जना दोषी ठहर, ४६ करोडको दाबी

533
shares

काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्र विकास कोषको जग्गा भाडा प्रकरणमा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन नेकपा एमाले काठमाडौं–४ का अध्यक्ष निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ । माघ ३०, २०८१ मा भएको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो ।

विशेष अदालतले २०७३ मा दुई जनालाई मात्र दोषी ठहर गरी बाँकीलाई सफाइ दिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला विरुद्ध पुनरावेदन गरेपछि सर्वोच्चले उक्त निर्णय उल्ट्याएको हो ।पशुपति क्षेत्र विकास कोषको सदस्य–सचिव रहँदा बालुवाखानी ठेक्कामा भ्रष्टाचार गरेको ठहर गर्दै कुइँकेललाई ६ वर्ष कैद र ८३ लाख ४१ हजार ६६६ रुपैयाँ जरिवाना तोकिएको छ । तत्कालीन सदस्य सुशील नहाटालाई ६ वर्ष कैद र ९१ लाख ६३ हजार बिगो, काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद र १ करोड २२ लाख जरिवाना निर्धारण गरिएको छ ।

यस्तै, तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र ७८ लाख ५३ हजार, प्रेमराज जोशीलाई ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना तोकिएको छ । कोषका तत्कालीन निर्देशक राजकुमार रेग्मी र योजना अधिकृत भीष्मकुमार मल्ललाई ६ महिना कैद र २ लाख ३७ हजार जरिवाना, ठेकेदार बच्चुराम दाहाललाई १२ करोड ९९ लाख र मिठ्ठाराम दाहाललाई २ लाख ३७ हजार जरिवाना निर्धारण भएको छ। बच्चुरामको जरिवाना बापतको कैद अवधि भुक्तान भइसकेको फैसलामा उल्लेख छ । सर्वोच्चले गोठ्ठाटारमा बच्चुरामको नाममा रहेको ८७.४४ वर्गमिटर जग्गा फुकुवा गर्न पनि आदेश दिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports