नुनको कारोबार गर्न निजी क्षेत्रलाई दिने निर्णय भएको छैन : मन्त्री भण्डारी
वि.सं.२०८२ जेठ ६ मंगलवार ०९:४६
shares

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।उनले सरकारले गरेका निर्णयहरु क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको भन्दै सरकारले कर्पोरेशनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने निर्णय नगरेको स्पष्ट पारे।
उनले कर्पोरेशनले दिन नसकेको, पुर्याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्नेसम्मका सुझाव र छलफल गर्न सकिने बताए। सरकार अहिले बजेटको पूर्वतयारीमा लागेको र कुनै निर्णय नभएको जानकारी गराए।साल्ट ट्रेडिङ कर्पोरेशनले बिक्री गरिरहेको नुनमा आवश्यक मात्राभन्दा बढी आयोडिन भएको गुनासो आएको भन्दै आफूले त्यसबारेमा पनि जानकारी लिएको बताए।


































