तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य विमा अव श्रावण १ गतेदेखि प्रथम विन्दु सेवा रेफर हट्ने, सिधै अस्पताल जान पाईने

1.24K
shares

काठमाडौँ । सरकारले स्वास्थ्य बीमा कार्यक्रममा केही महत्त्वपूर्ण नीतिगत परिवर्तन गरेको छ । जसअनुसार अबदेखि प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थाबाट मात्रै लिन पाइने व्यवस्था गरिएको हो ।

स्वास्थ्य बीमा बोर्डले यो व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको जनाउँदै अब बिमितहरू पहिलो जाँच सेवाका लागि निजी तथा सामुदायिक अस्पतालमा सीधै जान पाउने छैनन् ।यद्यपि, बिमितहरूले ठुलो राहत पाउने सरकारले दाबी गरेको छ । अब देशको कुनै पनि स्थानमा रहेको बीमामा आबद्ध सरकारी स्वास्थ्य संस्थाबाट प्रथम सेवा लिन सकिनेछ । यसैअनुसार नियमावली संशोधन गरिएको छ । यसले उपचारका लागि आफ्नो बीमा दर्ता भएकै अस्पताल पुग्नुपर्ने पुरानो बाध्यतालाई हटाउने देखाएको छ ।स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधन तथा नियमावली, २०७५ को प्रथम संशोधनले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामा मात्र सीमित रहने स्पष्ट व्यवस्था गरेको थियो । तर, यो नियम व्यवहारमा पूर्ण रूपमा लागू हुन सकेको भने थिएन ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार अब उक्त कानुनी व्यवस्थालाई अक्षरशः कार्यान्वयन गर्न लागिएको हो । यसअघि प्रथम सेवा विन्दुको रूपमा रहेका निजी तथा सामुदायिक अस्पतालहरूले यो सेवा दिन पाउने छैनन् ।यो निर्णय कार्यान्वयनका लागि बोर्डले प्रथम सेवा विन्दुको सेवा प्रदान गरिरहेका केही प्रमुख सामुदायिक र निजी अस्पतालहरूलाई पत्राचार गरिसकेको छ । बोर्डका सूचना अधिकारी विकेस मल्लका अनुसार कर्णालीको मिसेन अस्पताल, रुकुम पश्चिमको चौरजहारी मिसन अस्पताल, ओखलढुंगा कम्युनिटी अस्पताल, अछामको बयलपाटा अस्पताल र झापाको आम्दा अस्पताललाई प्रथम विन्दुको सेवा प्रदान नगर्न निर्देशन नै दिइएको छ ।

मल्लले स्पष्ट पार्दै भने, ‘यी अस्पतालहरूले विशेषज्ञ सेवा भने दिन पाउनेछन् । तर, त्यसका लागि बिमितले सरकारी स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा रिफरल लिएर भने आउनुर्छ ।’यो परिवर्तनले बिमितको उपचार प्रक्रियामा केही फेरबदल ल्याएको छ । जस्तैः पहिले काभ्रे क्षेत्रका बिमितले पहिलो जाँचका लागि सीधै धुलिखेलस्थित सामुदायिक अस्पताल जान सक्थे । तर अब नयाँ व्यवस्थाअनुसार उनीहरूले आफ्नो जिल्लाको बीमा सम्झौता भएको सरकारी अस्पतालमा गई प्रथम विन्दु सेवा लिनुपर्छ । यदि त्यहाँ उपचार सम्भव नभए वा विशेषज्ञ सेवा आवश्यक परे मात्रै उक्त सरकारी अस्पतालले धुलिखेल सामुदायिक अस्पतालजस्ता विशेषज्ञ सेवा केन्द्रमा रिफर गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports