सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सकद्वारा भोलि आईसीयू बाहेकका सेवा बहिष्कार

1.24K
shares

काठमाडौँ । माग सम्बोधनमा सरकार गम्भीर नदेखाएपछि चिकित्सिकहरुले भोलि (मंगलबार) आकस्मिक एवं सघन उपचार(आईसीयू) बाहेकका सेवा बहिष्कार गरेको छ ।नेपाल चिकित्सक सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सेवाहरू बहिष्कार गरिएको बताएको हो ।

‘हाम्रो माग सम्बोधन गर्नका लागि हालसम्म राज्यबाट कुनै पहलकदमी नभएकोले हाम्रो आन्दोलन जारी रहेको ब्यहोरा अवगत गराउन चहान्छाैँ । भोलि मिति २०८२ असार २४ गते, मंगलबार आकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरू बहिष्कार गर्न आह्वान गर्दछ,’जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।भोलि बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान समेत गरिएको छ ।चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउने निर्णय गरिएकोमा समस्त चिकित्सकहरूलाई उक्त प्रमाणपत्र भोलि बेलुकासम्म सङ्घलाई इमेलमार्फत उपलब्ध गराइदिन आह्वान गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा विभिन्न सेवाहरूको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई पनि समावेश गरिएकोमा उचित संशोधन गर्नुपर्ने नै हाम्रो प्रमुख माग हो,जारी प्रेस विज्ञप्तिमा भनिएको छ । ‘चिकित्सकीय अभ्यासको क्रममा कहीँ कतै कुनै त्रुटि वा लापरबाही भएको कसैलाई लागेमा त्यसको उजुरी बुझ्ने र सो उजुरी उपर स्वास्थ्य सम्बन्धी विज्ञहरूद्वारा आवश्यक छानबिन गरी दोषी देखिएमा अदालतद्वारा काउन्सिलको उक्त निर्णयलाई आधार मानी फैसला गर्ने प्रचलन रही आएकोले सोही व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग रहेको छ । यसका साथै मुलुकी अपराध संहिता, २०७४ मा पनि इलाज सम्बन्धी कसुर अन्तर्गत दोषी प्रमाणित भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारबाही गर्न सकिने स्पष्ट प्रावधान रहेको छ । सो संहिताको दफा २३९ मा क्षतिपूर्तिको समेत स्पष्ट प्रावधान रहेको स्थितिमा क्षतिपूर्ति सम्बन्धी अन्य कुनै पनि प्रावधान आवश्यक नरहेको सङ्घको ठहर छ,’विज्ञप्तिमा भनिएको छ । मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै आन्दोलन जारी राख्ने सङ्घले निर्णय समेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports