२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा ज्ञानेन्द्र शाहको ७९ औ जन्मोत्सव मनाउन बिहानै देखी निर्मल निवासमा भिड

1.33K
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । आज निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने राजावादीहरूको तयारी छ । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।

पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए ।वि.सं. २००७ को दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो र राजा त्रिभुवन नेपाल फर्केर पुनः राजगद्दी सम्हाले । यसरी, ज्ञानेन्द्रको पहिलो शासन छोटो समय (वि.सं. २००७ कात्तिक २२ देखि फागुन ७ सम्म) का लागि मात्र रह्यो ।

दोस्रो पटकको गद्दी आरोहण झनै अप्रत्याशित थियो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि ज्ञानेन्द्रले नै गद्दी सम्हाल्नुपर्‍यो । सुरुमा युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो, तर उनको मृत्यु भएपछि ज्ञानेन्द्र राजा बने ।२०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हाले, जसले व्यापक विरोध निम्त्यायो । त्यही कदमले उनलाई विवादास्पद बनायो । २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो । राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् ।

पूर्वराजाको जन्मदिनमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए । राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पङ्क्तिलाई अपिलसमेत गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports