सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुलाहा-दुलही बोक्ने रथले किचेर बारामा दुईको मृत्यु, १२ घाइते

468
shares

बाराको आदर्शकोतवाल गाउँपालिकामा दुलाहा-दुलही बोक्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ । आदर्शकोतवाल गाउँपालिका-३ बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको वडा अध्यक्ष धर्मेन्द्र यादवले जानकारी दिए ।

रथ अचानक तीव्र गतिमा कुदेको र अगाडी रहेका मानिसहरुलाई किच्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष यादवले बताए ।स्थानीय लक्ष्मण महरा चमारको विवाहका लागि तयार गरिएको रथ अचानक अनियन्त्रित भई किच्दा अन्य १२ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर छ ।

घाइतेहरुलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएको छ । बाराकै करैयामाई गाउँपालिका जन्ती जाने तयारी भइरहेको थियो ।आदर्शकोतवाल गाउँपालिकामा रथले किचेर मानिसहरु हताहती भएको र उद्दार गरेर अस्पताल ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports