प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बंगलादेशको ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड

533
shares

 

काठमाडौं । दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् ।हिजो( आइतबार) सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिए । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ । ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

१७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । अरु दिनका कार्यक्रममा सहभागी हुन पाएको भएपनि अवार्ड समारोहका दिन भने कोरोना पोजेटिभ देखिएका उपस्थित हुन नसकिएको निर्देशक बिडारीले बताएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports