linktrix Long Ad
Salt Trading Long Ad

गृहमन्त्री लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न आकस्मिक बैठक डाके

871
shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेनमा आयोजित राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने नाममा भिसा लगाइएका व्यक्तिहरुबारे छानबिन गर्न आकस्मिक बैठक डाकेका छन् ।

गृहसचिव गोकर्णमणि दवाडी, आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाल सहितको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

आज सोमबार साढे एक बजे गृह मन्त्रालयमा बस्ने उक्त बैठकमा कुन एनजीओ वा आईएनजीओले ती व्यक्तिहरूलाई स्पेन लैजान अनधिकृत रूपमा पैसा उठाएको हो भन्ने जाँचपड्ताल गर्न निर्देशन दिइने गृहमन्त्रालय स्रोतले  बतायो ।मन्त्री लेखकले आज सोमबार बिहान गृहसचिव दवाडी र आईजीपी थापालाई बोलाएर यसबारे छानबिनका लागि निर्देशन दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports