linktrix Long Ad
Salt Trading Long Ad

सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूको प्रश्न

1.5K
shares

काठमाडौं । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलहरूले प्रश्न उठाएका छन् ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुखले सदनको अवरोधलाई ख्याल नगरेर सदन चलाएको भनेर प्रश्न उठाएका हुन् ।रास्वपा र राप्रपाले विगत ४७ दिनदेखि प्रतिनिधिसभाको काम कारबाहीमा भाग लिएका छैनन् । प्रत्येक दिन सदन सुरु भएपछि उठेर विरोध गर्ने र सभामुखले समय दिए आफ्ना कुरा राखेर दुवै दलका सांसदहरू सभाकक्षबाट बाहिरिने गरेका छन् ।

विपक्षी दलहरूको यस्तो शैलीलाई सभामुखले सामान्य रूपमा लिएको भनेर उनीहरूले नै सभामुख घिमिरेमाथि प्रश्न उठाएका हुन् ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन संसद्का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैली कस्तो हो भनेर प्रश्न गरे ।‘सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु, यो संसदीय इतिहासमा कालो समय हो,’ उनले भने, ‘संसद्का दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले कुरा उठाइराख्दा जबरजस्त संसद् चलाउने प्रयास भइराखेको छ ।’

यो सरकारको अकर्मण्यता मात्रै नभएको उनको आरोप छ । ‘यो केवल सरकारको अकर्मण्यता मात्रै होइन, सभामुख महोदय तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यो उल्लेख रहने छ ।’सभामुखले सदनको अवरोध खुलाउन पहल लिनुपर्ने उनको आग्रह छ । ‘सभामुखले पहल गर्नुपर्‍यो, प्रयास गर्नुपर्‍यो । छलफल गर्नुपर्‍यो । प्रतिपक्ष दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्‍यो,’ सभामुख घिमिरेलाई अध्यक्ष लिङ्देनको सुझाव छ ।

रास्वपाका सांसद अशोककुमार चौधरी संसदीय अभ्यासमा सभामा एक जना उभिए पनि अवरोध मानिने मान्यता रहेको बताउँछन् ।तर, नेपालमा प्रमुख दुई दलले नै बहिष्कार गर्दा समेत सदन चलाउने अभ्यास भएको भनेर उनले यसमा सभामुखको भूमिकामाथि प्रश्न उठाए ।यो विषय विगतमा गृहमन्त्री रमेश लेखकले निकै वकालत गरेको पनि उनले स्मरण गरे । फेरि पनि सुधारका लागि सभामुखले पहल लिनुपर्ने उनको आग्रह छ ।‘यहाँ ४७ दिनदेखि प्रतिपक्ष उभिँदा समेत सरकारले देखिरहेको छैन । सम्माननीय सभामुखज्यूले पनि सदन सुचारु गरिाख्नुभएको छ,’ चौधरीले भने, ‘यो संसदीय मूल्य मान्यता विपरीत हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports