सहकारी प्राधिकरणको अध्यक्षमा शर्मा नियुत्त
वि.सं.२०८२ असार ३१ मंगलवार ०८:१२
shares

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि अध्यक्ष सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको समितिले शर्मासहित तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । यसमा शर्माको नाम पहिलो नम्बरमा थियो भने दोस्रो नम्बरमा पूर्व सचिव अर्जुन पोखरेल र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको नाम सिफारिस गरिएको थियो ।नवनियुक्त अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ । यसअघि अध्यक्ष नियुक्ति नभएसम्मका लागि भूमि मन्त्रालयका सचिवले अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए ।
नवनियुक्त अध्यक्ष शर्मा राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव थिए । यद्यपि सरकार र राष्ट्र बैंकका क्याडरलाई पछि पारेर सहकारी पृष्ठभूमिकै व्यक्ति पाएको छ । यसले सहकारीलाई राष्ट्र बैंक वा सरकारी निकायबाट हलग पहिचान कायम राख्ने विषयमा भने थप टेवा पुग्ने अपेक्षा गरिएको छ । शर्मा एमाले निकट मानिन्छन् । एमालेको सहकारी विभागमा उनी सदस्य समेत थिए । उनको राजनीतिक पृष्ठभूमिले भने निष्पक्षतामाथि प्रष्ठ उठाउने ठाउँ बाँकी नै राखेको विश्लेषण सहकारी क्षेत्रमा हुँदै आएको छ ।



































