सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ : पूर्वराष्ट्रपति भण्डारी

1.09K
shares

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल समिट’मा प्रमुख वक्ताको रूपमा बोल्दै भण्डारीले भनिन्, ‘हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।’

भण्डारीले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण गरेर मात्रै देशमा लगानी भित्र्याउन सकिने र त्यसको प्रतिफल सबै नागरिकसम्म पुर्‍याउनुपर्ने बताइन् । लगानीसँगै रोजगारी, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारी जस्ता विषयलाई सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको जाड थियो ।पूर्वराष्ट्रपति भण्डारीले लगानीको ढोका खोल्नु भनेको केवल पुँजी र मुनाफाका लागि मात्र नभई न्याय, सम्भावना र विश्वासका लागि पनि भएको बताइन्। ‘देशभित्र लगानीको वातावरण बनाउने सबैभन्दा ठुलो कारक राजनीतिक स्थायित्व र विश्वासको वातावरण नै हो’ उनले भनिन्, ‘नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासन आवश्यक छन्, तर त्यसको आधार बनाउने कार्य राजनीतिक नेतृत्वको काँधमा छ।’

उनले नेपालले अरूको विकास मोडेलको नक्कल गर्नुभन्दा पनि आफ्नै समाजको आवश्यकता, स्रोत, साधन र सम्भावनालाई विश्लेषण गरेर समृद्धिको मार्ग तय गर्नुपर्ने बताइन् । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रको मुख्य आधार भएको भण्डारीको भनाइ थियो ।स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आह्वान गर्दै भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको बताइन् । ‘यहाँ लगानी गर्नु केवल मुनाफा कमाउने कुरा मात्र होइन, इतिहासको साझेदार बन्ने अवसर पनि भएको भन्दै नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी दिने, एक उद्यमीलाई हौसला दिने र गाउँलाई उज्यालो दिने काम गर्ने बताइन् । ।समृद्धि अब सपना मात्र नभई सबैको सङ्कल्प बन्नुपर्ने बताउँदै आर्थिक समृद्धिको यात्रामा सबैलाई सक्रियतापूर्वक लाग्न उनको आग्रह थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports