सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक

520
shares

काठमाडौँ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरिएका छन् ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णयहरु सार्वजनिक गरेका हुन् ।साउन १८ गते मेलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागिताका लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई स्वीकृती प्रदान गरिएको छ ।

रुकुम(पूर्वी भाग) जिल्ल्लाको सदरमुकाम सिस्ने गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले बताए ।यस्तै जापानकाे ओसाकामा साउन १२ र १३ गते आयोजना हुने नेपाल दिवस कार्यक्रममा सहभागी हुन उद्योग तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे नेतृत्वको टोलीलाई पठाउने लगायत १३ वटा निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री गुरुङले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports