सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरे

702
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले राप्रपाको हालको सङ्गठनात्मक अवस्था, गुटगत स्वार्थ, पदको भागबन्डा र नेताहरूको मनपरी प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् ।विगतमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीजस्ता नेताहरूसँग काम गरिसकेका कार्कीले पार्टीमा रहँदासम्म राष्ट्रप्रेम, मूल्य र सिद्धान्तका आधारमा काम गरेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा उनले पार्टी नेतृत्वले विधि–विधानको पालना नगरी सङ्गठनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले ’प्राइभेट कम्पनी’ झैँ चलाएको आरोप लगाएका छन्। कार्कीले पार्टीभित्र चाकडी र चाप्लुसी प्रवृत्तिको बढोत्तरी भएको र इमानदार तथा जनाधार भएका कार्यकर्ताहरूलाई अपमानित गरिँदै आएको उल्लेख गरेका छन् । पार्टी अध्यक्ष माथि लक्षित गर्दै कार्कीले लेखेका छन्, ’आफूसँग विमति राख्ने, सुधारका सुझाव दिने, र अधिवेशनमा रातदिन मरेर सहयोग गर्ने त्यागी कार्यकर्तालाई नै छानी–छानी हटाउने काम भएको छ।’ यस्तो प्रवृत्तिका कारण पार्टीभित्र सुधारको सम्भावना नभएको भन्दै उनले अबदेखि कुनै पनि दल वा गुटमा नलाग्ने र स्वतन्त्र नागरिकको रूपमा राष्ट्र र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।

कार्की राप्रपाका पूर्व मधेस प्रदेश संयोजक, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य, प्रवक्ता, युवा तथा खेलकुद संयोजक तथा अनुशासन समितिका सदस्य सचिवजस्ता जिम्मेवारीमा रहिसकेका नेता हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports