सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक दलहरुभित्र कुलिनतन्त्र धनवाद र डनवाद हावी, लोकतन्त्र हराउँदै

598
shares

 

नेपालका राजनीतिक दलहरु कुलिनतन्त्र, धनवाद र डनवादमा परिणत हुँदै गएकाले दलहरु भित्र लोकतान्त्रिक पद्दति हराउँदै गएको छ । त्यही कारणले गर्दा राजनीतिक दलहरुभित्र प्रायः सबै दलहरु आफ्नै दलभित्र विवादको घेरामा पर्दै आएका छन् । मुलुकका पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा समेत एकमत देखिएको छैन । दलको नेतृत्वकर्ता व्यक्तिले नै गुट, उपगुट बनाएर आफ्नो नेतृत्वलाई बलियो बनाउने र आफ्ना विरोधीलाई समाप्त पार्ने रणनीति लिएका हुनाले त्यसको सिको गर्दै नयाँ दलहरु पनि त्यस्तै अभियानमा सक्रिय भएका छन् । नयाँ दलहरु रास्वपा भित्र पनि विवाद रहेको छ । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका छन् भने रास्वपाका कार्यवाहक सभापति डोल प्रसाद अर्याल र स्वर्णीम वाग्लेबीच विवाद उत्पन्न भएको छ । नागरिक उन्मुक्ति पार्टीभित्र पनि विवाद उत्पन्न भएको छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलाई पार्टीका संरक्षक रहेका रेशम चौधरीले श्रेष्ठलाई हटाएर आफ्ना बाबुलाई अध्यक्ष बनाएका छन् । त्यही कारणले गर्दा नाउपा संकटको घेरामा परेका हुनाले पार्टी नै विभाजित हुने सम्भावना बढेर गएको छ । जनमत पार्टीभित्र पनि व्यापक विवाद उत्पन्न भएको छ । एकीकृत समाजवादी पार्टीभित्र पनि अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद उत्पन्न भएको छ । एकले अर्कोलाई पार्टी छोडन दवाव सिर्जना गरिरहेका छन् ।
अर्को पुरानो पार्टी राप्रपाभित्र पनि विवाद उत्पन्न भएको छ । राप्रपा विभाजित हुँदै र फेरी एकीकृत हुँदै आएको भएपनि पछिल्लो समयमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेनले एकलौटी ढँगले पार्टि सञ्चालन गरेको भन्दै पाटीका नेता डा. प्रकाशचन्द्र लोहनी र महामन्त्री धवल शमशेर राणा सहितका व्यक्तिहरुले अध्यक्ष लिंदेनमाथि गम्भीर आरोप लगाउँदै आएका बेलो निर्वाचित केन्द्रीय सदस्यहरुले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजिनामा दिएका छन् । यसरी पुराना पार्टीहरुको सिको गर्दै नयाँ पार्टीहरुमा समेत धनवाद र डनवाद नै प्रमुख कारण रहेको छ । नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापन इतर पक्ष रहेकाले गर्दा केपी अ‍ोली नेतृत्वमा गएका मनत्रीहरु पनि संस्थापन पक्ष, इतर पक्ष र अन्य पक्षका व्यक्तिहरु रहेकाले उनीहरुले आ आफ्ना पक्षलाई बलियो बनाउने गरी काम गरिरहेकाले गर्दा सरकारले जनताको चाहनानुसार काम गर्न सकेको देखिएन । नेकपा एमालेका अध्यक्ष केपी ओली रहेका र उनै प्रधानमन्त्री रहेका बेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुन सक्रिय राजनीतिमा आउने अभिप्रायले अघि बढेकी हुनाले एमालेभित्र पनि भण्डारी पक्ष र विपक्षमा मत रहेकाले गर्दा एमालेले पोलिटव्यूरो, स्थायी कमिटी र केन्द्रीय समितिबाट पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउनु नहुने निर्णय गरेको भएपनि त्यो विषय विवादको घेरामा परेको छ । त्यही कारणले गर्दा एमालेभित्र पनि विवाद उत्पन्न भएको छ । एमालेले पूर्व राष्ट्रपति भण्डारी मुलुककै अभिभावक भईसकेकी र राष्ट्रपति भनेको संस्था भएकाले पूर्व राष्ट्रपति संविधानको पालक, संरक्षक र नेपाली सेनाको परमाधिपति रहिसकेकी हुनाले भण्डारी सक्रिय राजनीतिमा आउन नहुने निर्णय एमालेले गरेको छ । सो निर्णय प्रति केही नेताहरुले आपत्ति जनाउँदै आएका छन् । पूर्व राष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा किन आउनुपर्ने आवश्यकता महसुस गरिन् भन्ने रहस्य अहिलेसम्म सार्वजनिक गर्न सकेकी छैनन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी अध्यक्ष भएको ३६ वर्ष भन्दा बढी भयो । उनी मुलुकको तीन पटक प्रधानमन्त्री भैसकेका छन् । तर उनिपनि अहिले विवादको घेरामा तानिएका छन् । त्यसको एउटै कारण हो कुलिनतन्त्र, धनवाद र डनवाद यि तिनै हतियार प्रयोग गरेर दाहालले आफ्नै पार्टीभित्रका वरिष्ठ नेताहरुलाई आफ्नो विरोध नगर्न बरु पार्टी नै छोडेर जान धम्की समेत दिँदै आएका छन् । माओवादी भित्र पनि अहिले संस्थापन पक्ष र संस्थापनइतर पक्ष रहेको प्रष्ट रुपमै देएिको छ । नेकपा एमालेबाट विभाजित भएर गठन भएको एकीकृत समाजवादीले विभाजनको औचित्य सावित गर्न नसकिरहेको बेला पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचार काण्डमा मुछिएका छन् । विशेष अदालतले माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा ३५ लाख धरौटी लिएर छोडेको छ । त्यही कारणले गर्दा उनि सांसद पदबाट निलम्बित भईसकेको भएपनि उनी पार्टी अध्यक्ष त्याग्न तयार देखिएका छैनन् । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेबाट विभाजित हुनुको औचित्य सावित हुन नसकेको उद्घोष गरेपछि माधव नेपालले पद त्याग गर्नुपर्ने बताउँदै आएका हुनाले प्रष्ट हुन्छ प्राय सबै पार्टीभित्र कुलिनतन्त्र, धनवाद र डनवाद हावी भएको छ भन्ने हाम्रो ठहर रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports