नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

1.21K
shares

काठमाडौँ । आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।बिहान ११ः३० बजे बस्ने उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ । यो बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ ।

दिउसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports