तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीति पेशा होइन, राजनीतिले खान लाउन दिँदैन : लिङदेन

559
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति पेशा नभएको भन्दै राजनीतिबाटै खान लाउन नपग्ने टिप्पणी गरेका छन् ।

आइतबार पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् ।‘राजनीति पेशा होइन, राजनीतिले खान लाउन दिँदैन,’ लिङ्देनले भने, ‘राजनीति गर्छु हरेक मानिसले सानो भन्दा सानो भएपनि पेशा व्यवसाय गर्नुपर्छ ।’लिङ्देनले आफू निम्न वर्गीय परिवारबाट आएको भन्दा कतिपयले आफूलाई हेपेर व्यवहार गरेको पनि सुनाए ।

‘कतिपय साथीहरूले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मानिस हुँ भनेर मैले भन्छु, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन्,’ उनले भने, ‘पहाडबाट कोदो खान नपुगेर मधेश झरेको, झापाको सुकुमबासीको छोरा यसलाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् ।’उनले आफू सुकुमबासी परिवारबाटै आएको भए पनि खाने गाँस र लगाउने कपडामा बेइमानीको एक अंश पनि नरहेको जिकिर गरे ।फरक प्रसंगमा अध्यक्ष लिङ्देनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताए ।

देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने उनको भनाइ थियो ।नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि जिकिर गर्दै उनले यो अभियान महिलाहरू सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुने बताए ।‘यो देशभित्रै रहेको जलस्रोतको उपयोग गरेर, देशमा उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने, ४०/५० हजार तलबको लागी हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्ने र नेपाल राम्रो छ,’ लिङ्देनले भने, ‘यसलाई संसारकै राम्रो देश बनाउने जुन अभियानमा हामी लागेका छौँ । त्यो अभियान हाम्रो महिला संगठन सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports