कस्तो रहला आजको मौसम ?
वि.सं.२०८२ भदौ २ सोमवार ०८:४७
shares

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेको छ ।
हाल देशभर साधारणतया बदली छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका थोरै तथा बाँकी तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
































