गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुखलाई यसरी हटाउन सकिन्छ, यस्तो छ प्रकृया

910
shares

काठमाडौं। उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने चर्चा तातिएसँगै धेरैको चासो उनको पदमुक्ति प्रक्रियाबारे केन्द्रित भएको छ । आचरण विपरीत कार्य गरे नेपालको संविधानले सभामुख वा उपसभामुखलाई हटाउने स्पष्ट व्यवस्था गरेको छ।

संविधानको धारा ९१ (६) अनुसार संसद्का कम्तीमा दुई तिहाई सांसदले प्रस्ताव दर्ता गरेपछि मात्र उपसभामुखलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढ्छ । प्रस्ताव दर्ता भएपछि कम्तीमा सात दिनपछि मात्र संसद्मा छलफल हुन्छ।छलफलपछि संसद्मा उपस्थित सदस्य संख्याको बहुमतले समर्थन गरेमा मात्र उपसभामुख पदमुक्त हुने प्रावधान छ। यदि प्रस्ताव बहुमतले अस्वीकार गर्‍यो भने त्यही अधिवेशनमा दोहोर्‍याएर पदमुक्त गर्ने प्रस्ताव ल्याउन पाइँदैन।

प्रक्रियागत रूपमा सभामुखलाई हटाउने प्रस्ताव दर्ता भएको खण्डमा उपसभामुखले सदन सञ्चालन गर्छन् भने, उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता भएमा सभामुखले सदन सञ्चालन गर्ने व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports