विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

663
shares

काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।उता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा आइतबार प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४४७ अमेरिकी डलर पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । शनिबार र आइतबार कारोबार बन्द रहने गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports