आज दुई वटा संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८२ भदौ १९ बिहीवार ०८:०५
shares

आज राष्ट्रियसभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ। अपराह्न १२ः३० मा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ को बैठक सिंहदरबारस्थित समितिको हलमा बस्दैछ। यो समितिको २९७ औँ बैठक हो। बैठकमा प्रत्यायोजित विधायन र कानुन समाजसँग समितिको सहकार्य छलफललगायत विविध विषयमा छलफल हुनेछ।
बैठकमा नेपाल कानुन समाजका अध्यक्ष तथा पूर्व उपसभामुख पुष्पा भुसाल र समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यलाई आमन्त्रण गरिएको छ। यसैगरी राष्ट्रियसभा अन्तर्गतकै ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को ३०५औँ बैठक आज दिउँसो १ बजे बस्दैछ।
बैठकमा समितिको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्ययोजना र लुम्बिनी प्रदेशअन्तर्गत भएका अनुगमन एवम् अन्तरक्रियाकोप्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यतालिका छ।



































