२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस–एमाले सच्चीनुको विकल्प छैन

1.05K
shares

 

काठमाडौ । पुराना भनिएका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा लामो समयसम्म सरकार सञ्चालन भईरहेको छ । यिनै तीन दलले आलोपालो सरकारको नेतृत्व गरिरहेका छन् । तर यी तिनै दलहरुबीचमा एकले अर्कोलाई सिध्याउने खेल समेत हुँदै आएको छ ।
दल निर्माण गर्न सहज भएपनि विचार चाहिन्छ । नागरिकलाई पार्टीसँग जोड्ने काम व्यक्तिले होइन विचारले गर्दछ । व्यक्ति होइन पछिल्लो समयमा प्राय सबै दलमा प्रियतावाद हावी हुँदै गएको छ । विचार र सिद्धान्तलाई गहिरिएर जनतालाई बुझाउन सक्ने व्यक्तिले मात्र दलको नेतृत्व गर्न सक्छ । सत्तामा पुग्नु मात्र राजनीति होइन । सत्ता बाहिरै रहेर पनि जनताको सेवा गर्न सकिन्छ । जनतालाई जागरुक गर्न सकिन्छ । तर हामीकहाँ भने सत्तामा पुग्ने खेललाई मात्र राजनीति भन्ने गरिएकोले गर्दा जनतामा आक्रोश बढ्दै गएको छ । मुलुकले पछिल्लो समयमा नायक खोजिरहेको छ । अहिलेको शिर्ष तहका नेताहरु केहीलाई अपवादमा राख्दा अरु चाँहि खलनाकय सावित भएका छन् ।
पार्टी नेतृत्वले नेतृत्वको विकास गर्न दिनुपर्दछ । तर एउटै व्यक्ति लामो समयसम्म नेतृत्वमा रहँदा त्यसको प्रत्यक्ष असर पार्टीलाई पर्दछ । माओवादी केन्द्रा अध्यक्ष पुष्पकमल दाहाल ३६ वर्षदेखि अध्यक्ष रहेका छन् भने ३ पटक मुलुकको प्रधानमन्त्री रहिसकेका छन् । उनले आफू पछिको अध्यक्षका लागि कुनै व्यक्तिलाई नेतृत्वको लागि तयार गरेका छैनन् अर्थात तयार गर्नु नै दिँदैनन् । आफ्नो निर्णय नै पार्टीको निर्णय हो भन्दै उनी अघि बढेका हुनाले माओवादी केन्द्र निर्वाचनको खस्कदो क्रममा रहेको छ ।
कुनै बेला समानुपातिक तर्फ ३१ लाख मत पाएको माओवादीले २०७९ मा भएको निर्वानमा ११ लाख मात्र मत पाएको थियो । रवि लामिछानेले गठन गरेको रास्वपाले पार्टी गठन भएको ६ महिनामै माओवादी सरहको समानुपातिक मत पाएको थियो । २०७९ मा भएको निर्वाचनमा माओवादीले कांग्रेस–एकीकृत समाजवादी पार्टीसँग गठबन्धन गर्दा समेत प्रत्यक्ष तर्फ जम्मा १८ सिट मात्र जित हाँसिल गरेको थियो । त्यसरी निर्वाचनमा नराम्रोसँग पराजित हुँदा पनि दाहालले नेतृत्व छोड्न चाहेनन् बरु जालझेल गरेर प्रधानमन्त्री बने ।
पुराना भनिएका दलहरुको रणनीति र विचार फेरिएन भने २०८४ को निर्वाचनमा यिनीहरुको हालत कस्तो होला ? पछिल्लो समयमा रास्वपाले देशव्यापी रुपमा हलचल मच्चाएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने अदालको आदेश अनुसार पुर्पक्षका लागि जेलमा रहेका भएपनि रास्वपाले भने सरकारले लामिछानेलाई प्रतिशोध लिएको भन्दै सो सन्देश देश विदेशमा पु¥याएकोले गर्दा जनताले त्यसलाई पत्याउन थालेका हुनाले २०८४ को निर्वाचनमा रास्वपाले विगतमा माओवादीले ३१ लाख समानुपातिक मत पाएको जस्तै मत पाउन सक्ने अवस्था सिर्जना हुन सक्छ । त्यही कारणले गर्दा अहिलेदेखि नै कांग्रेस–एमाले सच्चिएर अघि बढ्नुको विकल्प देखिँदैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports