शुरू भयो आज देखि सोह्रश्राद्ध
वि.सं.२०८२ भदौ २३ सोमवार १४:१४
shares

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज प्रतिपदा तिथिको श्राद्ध अपराह्नसम्म गर्नुपर्ने हुन्छ।
आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिन्छ।धर्मशास्त्रविद्हरूका अनुसार यस समयमा पितृलाई सम्झेर श्राद्ध गर्दा पितृऋणबाट मुक्ति मिल्छ भन्ने विश्वास छ।
कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी वा अन्य वैकल्पिक तिथिमा गर्न सकिने शास्त्रीय व्यवस्था छ।सोह्रश्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ शुरु हुन्छ।


































