जेनजीको आन्दोलनमा निधन हुनेको संख्या १७ पुग्यो
वि.सं.२०८२ भदौ २३ सोमवार १७:१०
shares

काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर निधन हुनेको संख्या १७ पुगेको छ।
ट्रमा सेन्टरमा मात्रै ६ जनाको निधन भएको अस्पतालले पुष्टि गरेको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको निधन भएको छ।उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको निधन भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। मृतकहरूको परिचय खुलेको छैन। निधन हुनेमा स्कुले बालबालिकाहरू पनि छ।






































