२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजनीतिक सङ्क्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट हुनु पर्दछ : नेकपा एमाले

923
shares

काठमाडौं । नेकपा (एमाले)ले जेनजी पुस्ताको आन्दोलनपछिको राजनीतिक संक्रमणको निकास संविधान सम्मत र लोकतान्त्रिक विधिबाट नै हुनुपर्ने बताएको छ । राष्ट्रपतिलाई सार्थक संवाद सुरु गर्न एवं परिणाममुखी संवादकै माध्यमबाट युवा पुस्ताको मागलाई सम्बोधन गर्न एमालेले आग्रह गरेको हो ।

‘प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधान सम्मत् र लोकतान्त्रिक विधिबाट खोजिनुपर्छ’ एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवालीले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘सार्थक संवाद सुरु गर्न एवं परिणामुखी संवादकै माध्यमबाट सुशासन,सहज सेवा प्रवाह र तीव्र विकासको आकांक्षा लगायतका युवा पुस्ताका मागलाई संविधानसम्मत् रुपमा सम्बोधन गर्न आवश्यक पहलका लागि सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानआकर्षण गराँउछौं ।’

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कुनै पनि अर्थमा कमजोर हुन दिन नहुने बताएका छन् । ‘समस्या समाधानका प्रत्येक प्रयासले लोकतन्त्र थप सुदृढ गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ ’ पोखरेलले लेखेका छन्, ‘असामान्य स्थितीको लाभ उठाउँदै देशभरी भइरहेको लुटपाट,आगजनी र तोडफोड नियन्त्रण गर्न एवं जनताको जीउधनको सुरक्षा प्रभावकारी रुपमा गर्न नेपाली सेना लगायत सबै सुरक्षा अंगहरुलाई आह्वान गर्दछौं ।’

महासचिव शंकर पोखरेलले आन्दोलनका क्रममा १९ जनाको निधन र ४ सयभन्दा बढी घाइते भएको घटनाले एमाले दुखित भएको भन्दै मृतकप्रति श्रद्धान्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । ‘घटनाको निष्पक्ष छानविन हुनुपर्दछ र दोषी माथी कानुन बमोजिम कारबाही हुनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ’ पोखरेलले लेखेका छन् ।

महासचिव पोखरेलले पार्टी पंक्तीलाई कतिपनि विचलित नहुन, एकताबद्ध हुन र भविष्यप्रति आशावादी भएर अगाडी बढ्न आग्रह गरेका छन् । उनले एमाले निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेशको चरम अवस्था एवं प्राकृतिक एवं मानव निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र त्यसमाथि विजयी हासिल गर्दै यहाँसम्म आइपुगेको स्मरण गराएका छन् । उनले पार्टी नेता, कार्यकर्ता सबैलाई आपसी सम्पर्कमा रहन, समस्याको सामूहिक समाधानको प्रयास गर्न, प्रशासनसँगको समन्वय सार्वजनिक तथा निजी सम्पतिको रक्षा गर्न, शान्ति सुरक्षा कायम राख्न र जनतालाई परेको पीर मर्कामा आवश्यक राहात प्रदान गर्न आवश्यक समन्वय गर्न पोखरेलले पार्टीं पंक्तीलाई निर्देशन दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports